बच्चा केराघारीमा फालेर भाग्ने आमा

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
केराघारीमा जिउँदै फालेर आमा बेपत्ता तनहुँको म्याग्दे गाउँपालिका वडा नं ७ खर्क बरबन्ज्याङको केराघारीमा एक नवजात शिशुलाई जिउँदै फालेर आमा बेपत्ता भएकी छन् ।

गाउँमा एउटा सानो पसल भएको घर नजिकै केराघारीमा नवजात शिशु रोइरहेको गाई गोरु चराउने एक जनाले सुनेर जाँदा उक्त शिशु फेला परेको हो ।
उनैले वरिपरिका गाउँ छरछिमेकका मानिसलाई खबर गरि जाँदा २÷३ घन्टा अघि जन्माएर छोडेको जस्तो, आलै नाबी पनि लामो सग काटिएको तर बच्चा लाई भने स्तनपान गराइ सकेको जस्तो अबस्था देखिएको स्थानीय अन्जिला शाहीले बताइन् ।


बच्चालाई देख्दा शरीर भरी कमिलो ले टोकेको अवस्थामा फेला पारेका हौ , ठाउँ ठाउँमा छाला गएर रातो भइसकेको थियो । धन्न समयमै भेटियो र बाँच्यो, शाहीले भनिन् । नवजात शिशुलाई थर्पु प्रहरी चौकी का प्रहरीलाई सम्पर्क गरि जिम्मा दिइएको थियो । हाल शिशुको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्