
दमौली: व्यास नगरपालिका वडा नं २ नेपाली काङ्ग्रेसले जनताको साथमा काङ्ग्रेस अभियान तिव्र रूपमा अगाडि बढाएको छ । अभियानकाे सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले जनताको भावना अनुसार पार्टी बाट जितेका जनप्रतिनिधिले काम गर्नुपर्ने बताए
पार्टीले उठाएको उमेदवार लाई जसरी पनि जिताउनु पर्ने र अन्तर्घात गर्न नहुने अधिकारीकाे जाेड थियो । वडा सभापति टुकबहादुर हमालकाे सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ , जिल्ला सदस्य कल्पना पाेख्रेल , तिलबहादुर थापा , शाेभा अधिकारी बढु , वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ , निर्मला मल्ल , कृष्ण सुनार , प्रकाश चन्द्र भट्टराई , बैकुण्ठ नाथ मिश्र , रामनाथ रिमाल , इन्दिरा पण्डित लगायत वडा नं २ का सबै टाेलका सभापति हरूकाे उपस्थिति रहेको थियो ।