आदिकवि भानुभक्तको सञ्चालक समिति निर्वाचन सम्पन्न, युवा नेतृत्व स्थापित (मतसहित)

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको सदस्यका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार सात खुला सदस्यका लागि भएको निर्वाचनमा मोहन गिरी, लक्ष्मीभक्त खनाल, अपार पौडेल, प्रदीप काफ्ले सहविर उच्चै, ईश्वरचन्द्र वाग्ले, विष्णुबहादुर बस्नेत निर्वाचित भएका छन् ।


लेखा समितिका लागि भएको निर्वाचनमा विवेक भट्टराई, सोमराज सिग्देल र ठाकुरबहादुर दरै निर्वाचित भएका छन् ।
कुल आठ सय ९५ मध्ये छ सय ३७ मत खसेको थियो । ्
निर्वाचन समितिले निर्वाचितलाई प्रमाणपत्र वितरण गरेको छ । अब सञ्चालक समिति बैठकले अध्यक्ष तथा लेखा समिति पदाधिकारी चयन गर्नेछन् ।

्निर्वाचितमा अधिकांश कांग्रेसको युवा राजनीतिमा सक्रिय छन् ।


चुनावको मत परिणाम यसप्रकार छ :(माथिको खुला सदस्य तथा तलको खण्डमा लेखा सदस्य )

त्यस अगाडि नैँ केही उमेदवार हरू भने निर्विरोध निर्वाचित भएका थिए ।
निर्विरोध निर्वाचित हुनेहरूमा

अल्पसंख्यक÷ जग्गादाता(१)
१) खरसिं दरै
जनजाति (२)
१) वुद्दिमान श्रेष्ठ
२) क्या. सुर्ज कुमार मल्ल
महिला (३)
१) कल्पना कोइराला पोख्रेल
२) शुशिला शर्मा
३) सृजना तिवारी
अभिभावक(२)
१) सरिता भण्डारी
२) चिज बहादुर दरै
पुस्तकालय सल्लाहाकार (३)
१) हेम पौडेल
२) नीर बहादुर ठकुरी
३) प्रेम बहादुर राउत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी