
पाल्पा : वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगर आसन्न संघीय निर्वाचनका लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट नेकपा एमाले उम्मेदवार सिफारिस भएका छन् ।
विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्दीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष छन् । त्यस्तै उनीसँग धितोपत्र बोर्डको विज्ञ संचालकको रुपमा ३ वर्ष काम गरेको अनुभव समेत छ ।
संघीय सांसदको उमेद्वारमा सिफारिस भएपछि बोल्दै चार्टड एकाउन्टेन्ट सारु मगरले पार्टीले पुस्ता हस्तान्तरण अभियान र युवाहरुको चाहना बमोजिम आफुले उमेद्वारी दिएको वताए । आर्थिक नीतिमा पिएचडी गरिरहेका सारुले नेताहरुले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा भारी मतान्तरका साथ विजयी हुने विश्वास गरे ।
सांसद दल वहादुर राना, नेता ठाकुर गैरे लगायत पाल्पा क्षेत्र न. १ को पार्टिको भेलाले सारु मगरलाई संघीय सांसदमा उम्मेदवार सिफारिस गरेको नेकपा एमाले पाल्पाले जानकारी दिएको छ ।