
दमौलीः नेपाल कम्युनिष्ट पार्टी तनहुँको जिल्ला संयोजकमा विलास परियार चयन भएका छन् । दमौलीमा आयोजित भेलाले परियारको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाको तनहुँ जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य पुर्णजित पुन प्रमुख अतिथि रहेका थिए ।
जिल्ला भेलालाई सम्बोधन गर्दै पुनले आफ्नो पार्टी मात्र देश र जनताका अहम मुद्दाहरु बोकेर एकीकृत जनक्रान्तिमा निरन्तर अघि बढिरहेको बताए ।
दलाल संसदिय ब्यबस्थाका कारण नै मुलुकमा झन झन संकट, बेथिति, अभाव, महङ्गी, भ्रष्टाचार, परनिर्भरता तथा राष्ट्रघात बढ्दै गएको पुनको भनाइ थियो । अब एकमात्र विकल्प वैज्ञानिक समाजवाद भएकोले बिद्यमान असफल दलाल पुँजीवादी सत्ता अन्त्य गर्नुपर्ने उनले जिकिर गरे ।
कार्यक्रममा गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट, लम्जुग्ङ जिल्ला सेक्रेटेरी आक्रोस र सहिद परिवारबाट हिरा कुमाल,बिशेष समिति सदस्य बुलेट लगायतले बोलेको ब्यास ईन्चार्ज ओमबिक्रम पन्तले बताए ।