एमाले तनहुँ १ बाट एकबहादुर राना सिफारिस

  • ख-
  • ख+

दमौलीः नेकपा एमाले तनहुँले मंसिर ४ गते हुने निर्वाचनको लागि तनहूँ जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट आकांक्षीहरुको सिफारिस गरेको छ ।

नेकपा एमाले क्षेत्र नं. १ को आज डुम्रेमा बसेको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि केन्द्रीय सदस्य एकबहादुर रानाको नाम सिफारिस गरेको छ ।

यस्तै, प्रदेश क्षेत्र नंं १ (१) को प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ रामबहादुर गुरुङ , कुल बहादुर थापा, तुलसीराम पाण्डे, निलव सञ्जिबा श्रेष्ठ, प्रदिपराज अधिकारी, मायानाथ कोइराला, प्रेम कुमार राना, कलाकुमारी ढकालले आवेदन दिएका छन् ।


यस्तै एमाले क्षेत्र नम्वर १ (२) प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ रत्न कुमार श्रेष्ठ, अनिल पाण्डे, बिन्दु बस्नेत, काशिनाथ भट्टराई , इन्द्र बहादुर कुँवर, अमर भण्डारी, बाबुराम अधिकारीले आवेदन दर्ता गराएको जिल्ला कमिटि सदस्य कुलबहादुर थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्