‘हजुरबुबा पुस्ता र नाती पुस्ता मिलेर देश बनाऔं’

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हजुरबुबा पुस्ता र नाति पुस्ता मिलेर देश बनाउनुपर्ने बताएका छन् । तनहुँको सदरमुकाम दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसको ३६ औँ बार्षिकोत्सवका अवसरमा पौडेलले सो कुरा बताएका हुन् ।

सुशासनको जग बसाल्नको लागि म सक्रिय राजनीतिमा रहेको भन्दै पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताए । मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनको लागि आफ्नो भूमिका देशले खोजेको पौडेलको भनाइ थियो । पौडेलले आँफु प्रधानमन्त्री बनेर देशको सेवा गर्ने समय आएको भन्दै देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा सकृय रहेको बताए ।

देशलाई कार्यकारी भूमिका दिन बाँकी रहेको भन्दै पौडेलले देशलाई शुशासन दिन सक्छु भनेर आँट गरेर सक्रिय राजनीतिमा लागिरहेको बताए । देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी आफूसँग भएको पौडेलको भनाइ थियो ।
‘‘सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्छ, राष्ट्रलाई स्वतन्त्रता, सम्बद्र्धन र हितको लागि नैतिक, सुशासन दिने क्षमता चाहिन्छ, त्यो मसँग छ’’, नेता पौडलेले भने । १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ’, पौडेलले भने ।


भानुश्री पुस्तक समेतको विमोचन गर्दै वरिष्ठ नेता पौडेलले सामुदायिक स्तरबाट संचालित उक्त क्याम्पस बनाउन जनस्तरबाट देखिएको उत्साहको प्रसंशा गरे ।

कार्यक्रममा पुर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ,गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे वि.क.,सरिता गुरुङ रामचन्द्र पोख्रेल , अशोककुमार श्रेष्ठ , देबकुमार श्रेष्ठ लगायतको सहभागिता थियो।क्याम्पस संचालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाको सभापतित्वमा संचालित उक्त कार्यक्रममा बार्षिक प्रतिवेदन क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व प्राध्यापक अमरराज कैनी , तमबहादुर दरै ,।दामोदर खनाल लाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्