
दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई मातृशोक परेको छ ।
लामो समयदेखि बिरामी उनकी आमा दययन्तीकुमारी भण्डारीको ९६ वर्षको उमेरमा उपचारकै क्रममा ग्राण्डी अस्पताल काठमाडौमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।