
दमौलीः व्यास नगरपालिकाका जनप्रतिनिधीले एक सय दिनमा विविध विषयका १५ उपलब्धि गरेको बताएका छन् । निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा बिहीबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर पदभार ग्रहण पश्चात व्यासका जनप्रतिनिधिले गरेका कार्यका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले सहायता कक्ष स्थापना देखि निःशुल्क शिक्षा प्रदान लगायतका कार्यहरु गरेको बताए ।
३७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम र बजेट पारित गरि प्रकाशन गरेको छ । मिति ०७९÷०२÷११ देखि विगत १०० दिन भित्र कार्यपालिकाको ७ वटा बैठकहरु सम्पन्न गरेको छ ।
नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुको स्थापित सहायता कक्षबाट सेवाग्राहीलाई आवश्यक निवेदन र कागजातको फोटोकपी निःशुल्क उपलब्ध कार्य शुरुवात गरिसकेको छ ।
नगरवासीका समस्या सुन्न तथा गुनासो सुन्न २४ घण्टा नै खुल्ला रहने टोल फ्रि नं १६६०६५५२००६ सञ्चालनमा ल्याइएको छ ।
हरेक महिनाको २ गते ठीक ११ बजे नगरपालिका कार्यालयमा नगरपालिका पदाधिकारीसँग नगरवासीको सम्वाद कार्यक्रम २०७९ भदौ महिना देखि शुरुवात गरेको छ ।
लोड वियरिङ घर निर्माणका लागि नगरपालिकाले नि ःशुल्क नक्सा बनाई सम्बन्धित घर निर्माणकर्तालाई सहयोग गर्ने कार्य सुरुवात गरेको छ । पुराना पारित घरनक्सा फाइललाई डिजिटलाइजेशन गरिएको छ । नगर प्रमुख न्यौपानेले सय दिनको उपलब्धिमा भनेका छन् ।
यस्तै, आ.ब २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको लागि वडा तह बाटै योजना सम्झौता गर्ने कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका योजनाहरु भुक्तानीलाई सरलीकृत गरी इफटी मार्फत भुक्तानि दिने प्रणालीको सुरुवात गरेको छ ।
अन्तराष्ट्रिय संघसंस्थाहरु संगको सदस्यतालाई निरन्तरता दिदै व्यास नगरपालिकालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने अभियानलाई निरन्तरता दिएको छ ।
नवप्रवर्तनिय कार्यक्रम एकिकृत डिजिटल व्यास नगरपालिका योजना अन्तर्गतको प्रत्येक वडामा डिजिटल नागरीक वडा पत्र, सि.सि क्यामेरा र बायोमेट्रिक हाजिरीको ठेक्का प्रकृया सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको संकलित लगतलाई डिजिटलाइजेसन गरि वडा नं १,२,३ मा निस्सा वितरण गरेको छ ।
बाँकी फाईल डिजिटाइजेन गर्नका लागि आदिकवि भानुभक्त क्याम्पससंग ३० दिनको सम्झौता गरि द्रुत रुपमा सम्पन्न गर्न कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, व्यास–७ शेषमटार नरङगामा व्यास नगर समता विद्यालयको भदौ ५ देखि सञ्चालनमा ल्याएको छ ।अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका ४३ जना बालबालिकाहरुलाई निः शुल्क खाना, आवास समेतको विद्यालयमा व्यवस्था गरेको छ ।
व्यास नगरपालिकाको फोहोरमैला विसर्जनको स्थायी व्यवस्थापन गर्न नगरपालिकाले आफ्नै जग्गा खरिद गरि सरसफाई केन्द्र स्थापना गर्ने प्रकृया अघि बढाएको छ ।
व्यास नगरपालिका वडा नं १० बैरेनी जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोष संग श्रोत साझेदारीका लागि प्रकृया अघि बढाइएको छ ।
व्यास नगरपालिका अन्र्तगतका योजनाहरुलाई व्यवस्थित गर्न डिजिटलाइजेसन प्रकृया अघि बढाइएको नगरप्रमुख न्यौपानेले बताएका छन् ।
नगरपालिका भित्र नेपाल सरकार शिक्षा विभागबाट काटिएको प्रा.वि ५३ दरबन्दीलाई परिपुर्ति गर्न स्वंयमसेवक शिक्षक भर्ना प्रकृया अघि बढाएको नगरपालिका कार्यालयले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधी, व्यासका प्रवक्ता कुमार गुरुङ्ग उपप्रमुख इन्दिरा दरै,प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला लगायतको सहभागिता रहेको थियो । पत्रकार अन्र्तक्रियामा उठेका प्रश्नहरूको व्यास नगरप्रमुख न्यौपानेले जवाफ दिएका थिए ।