प्रदेश २(१) ः कांग्रेसको प्रत्यक्ष टिकटका लागि ८, समानुपातिकमा २२ को नाम सिफारिस

  • ख-
  • ख+

दमौलीः कांग्रेस प्रदेश क्षेत्र नम्बर २(१)ले प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ तथा समानुपातिकतर्फ २२ जनाको नाम क्षेत्रमा सिफारिस गरेको छ ।


प्रदेश क्षेत्र सभापति जीतराज रानाद्वारा हस्ताक्षरित पत्रमा नामहरुसहित सिफारिसका लागि अनुरोध गरिएको छ । प्रदेश क्षेत्रले प्रत्यक्षतर्फ प्राडा कृष्णप्रसाद गौतमसहित, शुक्ला नगरका पूर्व प्रमुख किसान गुरुंग, नेताहरु श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने तथा यामबहादुर खाण ठकुरीको नाम सिफारिस गरेको छ ।


समानुपातिकतर्फ भने अप्रत्यासित धेरै नाम सिफारिस भएको छ । खुला समानुपातिकमा ५, जनजातिमा ८ तथा महिलामा ६ जनाको नाम सिफारिस भएको छ ।


द्यलिततर्फ २ तथा अल्पसंख्यकबाट एक नाम सिफारिस भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्