आदिकवि सर्कलको रक्तदानमा ४२ युनिट रगत संकलन

  • ख-
  • ख+

दमौली : व्यास १ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रिय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ ।

‘रगत दिएर मरिन्न, रगत नपाए मरिन्छ’ नारा सहित क्याम्पसको प्राङ्गणमा बिहिवार आयोजित खुला रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको सर्कलका सचिव सुमन खड्काले जानकारी दिए ।

क्याम्पस संचालक समितिका अध्यक्ष ब्रहमादत्त तिमिल्सेनाले पहिलो रक्तदाता बिबिएस दोस्रो बर्ष अध्धयनरत विकल श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गरे ।

क्याम्पस को ३६ औं वार्षिकोत्सवको अवसरमा बिहान ७ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम १० बजे सम्म संचालन गरेको सर्कलका प्रथम उपध्यक्ष मिलन तामाङले बताए ।

सर्कलका अध्यक्ष दिनेश बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले,सहायक क्याम्पस प्रमुख डा। रामकुमार अधिकारी र सागर पौडेल , व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे, व्यास नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष गौरव पन्थ, युथ काङ्रेस नेपालका महामन्त्री राजेश कुमार श्रेष्ठ, नेविसंघ क्याम्पस इकाइका अध्यक्ष सुदर्शन पोख्रेल , आदिकवि नेपाली सिर्जनशील मञ्च अध्यक्ष सन्दिप सुनार , युरेस आदिकविका निवर्तमान अध्यक्ष सन्देश अधिकारी, आदिकवि अतिरिक्त कृयाकलाप समितिका सदस्य प्रवेश चन्द ठकुरी लगायत रक्तदाताहरुको उपस्थिति रहेको थियो ।

सर्कलले यसअघि पनि क्याम्पसमा रक्तदान कार्यक्रमका साथसाथै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी