मेयर कपको उपाधि नवयुवा भादगाउँलाई

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि नवयुवा क्लबले जितेको छ । दमौली खेलमैदानमा बुधबार भएको फाइनल खेलमा न्यु बुद्ध युवा क्लब भानुलाई तीन जिरोले पराजित गर्दै नवयुवाले उपाधि हात पारेको हो ।
यस अघि शान्तिदिप युवा क्लब शिशाघाटलाई २–१ ले हराउँदै न्यु बुद्ध फाइनल पुगेको थियो भने गन्नी एफसी पोखरा कास्कीलाई २–० गोल अन्तरले हराउँदै नवयुवाले फाइनल यात्रा तय गरेको थियो ।
अन्तर्राष्ट्रिय तथा ए डिभिजनका खेलाडी समेत ल्याएको खेलमा हजारौं दर्शकले खेलको मनोरञ्जन लिएका थिए । तीजको अवसर पारेर भाद्र ८ गतेदेखि १४ गतेसम्म भएको प्रतियोगिताको फाइनल खेलमा म्यान अफदि म्याच अन्तर्राष्ट्रिय खेलाडी नवयुवा युवा क्लबबाट खेल्ने फोफोना भएका छन् ।
यस्तै, उत्कृष्ट खेलाडीमा न्यु बुद्ध भानुका सन्दिप राना , सर्वाधिक गोलकर्तामा नवयुवाका सन्तोष गुरूङ र उत्कृष्ट गोलरक्षक मा नवयुवाका शिव पिया रहेका छन् । उनिहरूलाइ जनही ७ हजार ५ सय रुपैयाँ नगदका साथै ट्रफि प्रदान गरिएको खेल संयोजक राजेश मल्लले बताए ।
विजेता नवयुवा क्लब भादगाउँले दुई लाख दुई हजार दुई सय २२ र उपविजेता न्यु बुद्ध भानुले एक लाख ११ हजार एक सय ११ नगदका साथै ट्रफी र मेडल प्राप्त गरेका छन् । बिजेता टिमलाई प्रमुख अतिथि काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री शंकर भण्डारीले पुरस्कार दिएका थिए ।
िशतलचोक युवा क्लब व्यास ४ को आयोजनामा सञ्चालित प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको थियो । तनहुँमै सर्वाधिक राशीको फुटबल प्रतियोगिता दावी गरिएको खेलमा भाग लिन काठमाडौ , धादिङ , स्याङ्जा , लमजुङ , कास्की लगायतका जिल्लाका टिम सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी