क्यान्सर पीडित विरेन्द्रलाई म्याग्दे समाजको ३३ हजार सहयोग

  • ख-
  • ख+

गुणादीः म्याग्दे गाउँपालिका वडा नं ७ घर भएका १८ वर्षिय क्यान्सर पीडित विरेन्द्र पौडेललाई म्याग्दे समाज दमौलीले ३३ हजार ५ सय ८० सहयोग गरेको छ ।


म्याग्दे गाउँपालिका घर भइ व्यवसायिक तथा अन्य प्रयोजनका लागि दमौली र आसपास बसोबास गर्ने ब्यक्तिहरूलाइ गम्भीर प्रकारका रोग लाग्दाको अवस्थामा समाजले सहयोग गर्ने र अभियान चलाउने उद्धेश्य अनुरूप उक्त रकम सहयोग गरिएको समाजका अध्यक्ष मनिराज थापाले बताए । यो रकम पर्याप्त होइन तर दुखमा पर्दाको साथ हो अध्यक्ष थापाले बिरामी युवा विरेन्द्रकी आमा मायादेवी पौडेललाई सहयोग रकम हस्तान्तरण गर्दै भने ।


सहयोग दिनेहरूमा मनिराज थापा २ हजार, सुजन पण्डित २ हजार, भाग्यशाली ढुंगाना १५ सय , हरिश्चन्द्र वाग्ले १ हजार , कमला थापा १ हजार १० , पदम कुमार श्रेष्ठ १ हजार १० , विकास खनाल १ हजार , कृष्णराज पौडेल १ हजार १ सय, बलराम वाग्ले १ हजार , रमा वाग्ले १ हजार १ सय ५ , क्या तारालाल मल्ल १ हजार १ सय, राधा विश्वराज वाग्ले १ हजार ५ सय, दिवाकर भण्डारीले एक हजार, केशवराज पौडेल १ हजार, सीता वाग्ले घिमिरे १ हजार , महेन्द्र काफ्ले ÷ राजु भट्ट ६ हजार २ सय ५५ र पार्वता गेलाल १० हजार रहेको समाजका सचिव विकास खनालले बताए ।


यति मात्रै रकम बिरामीको उपचारको लागि प्रयाप्त नभएको हुँदा सहयोग अभियान जारी रहेको सहयोगम अभियानमा सक्रिय विष्णु पराजुलीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दे दमौली समाजका निवर्तमान अध्यक्ष भाग्यशाली ढुंगाना, सदस्य हरिश्चन्द्र वाग्ले, सहयोग अभियानका सँयोजक गोपाल चन्द्र हड्खले, कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो । बिरामी पौडेलको घरायसी आर्थिक अवस्था सामान्य रहेको र उपचारको लागि समस्या भएको हुँदा म्याग्दे समाज लगायतका अन्य अभियानकर्मीहरुले सहयोगलाई निरन्तरता दिइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्