भानु जन्मस्थलको तीज गीत प्रतियोगितामा चुँदिबेसी आमा समूह प्रथम

  • ख-
  • ख+

भानुः भानुभक्त जन्मस्थल विकास समितिले आयोजना गरेको युवाकवि मोतीराम भट्टको १५७ औ र कविकेशरी तीर्थराज पाण्डेको १५० औ जन्मजयन्तीका अवसरमा आयोजित कविहरूको जीवनीमा आधारित तीज गित प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा चुँदीबेशी आमा समुह प्रथम भएको छ । यस्तै, द्वितीय भानु संस्कृत मा वि शिक्षक समूह, तृतीय भानु संस्कृत मा वि छात्रा समूह भएका छन् ।

कार्यक्रममा सान्त्वना होरालो शारदा शिक्षा सदन उ मा वि र उत्कृष्ट नृत्य एकता महिला समुह भएको भानु जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तले बताए । ११ समुहको सहभागीता रहेको प्रतियोगितामा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी