नेकपा एस् तनहुँको अध्यक्षमा कार्की, तनहुँबाट उम्मेदवारी केन्द्रमा सिफारिस

  • ख-
  • ख+

दमौलीः नेकपा एस् तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन भएका छन् ।
पार्टी केन्द्रीय सदस्य एवं जल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकमा श्रेष्ठले अध्यक्षका रुपमा कार्कीलाई जिम्मेवारी हस्तान्तरण गरे ।


केन्द्रीय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने पार्टीको निर्देशनअनुसार अध्यक्ष श्रेष्ठले नयाँ अध्यक्ष कार्कीलाई जिम्मेवारी प्रदान गरेको पार्टीले जनाएको छ ।
बैठकबाट पार्टी जिल्ला उपाध्यक्ष मनुमाया श्रेष्ठ र थमन आले, सचिव दुर्गा कुमार श्रेष्ठ , उपसचिव ऋषिराम पन्त, गजिन्द्रराज पन्थ तथा नर ब रानाभाट सहित ११५ सदस्यीय जिल्ला कमिटी पुनः गठन गरेको छ ।


उम्मेदवार सिफारिस
पार्टीले तनहुँबाट उम्मेदवार सिफारिस पनि गरेको छ । जसअन्र्तगत क्षेत्र नम्बर १ बाट प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ किसान, कलिला खान, सिताराम घले परियार र विष्णुबहादुर खड्काको नाम सिmारिस गरेको छ ।
प्रदेश क्षेत्र १ कमा विद्या ढकाल, लालबहादुर श्रेष्ठ, रामकला पौडेल र कल्पना नेपाली सिफारिस भएका छन् ।


१ ख मा मनुमाया श्रेष्ठ , गजिन्द्र पन्थ, श्रीप्रसाद भट्टराई, तेजबहादुर सुनारको नाम पार्टीले सिफारिस गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र न म्बिर २ मा चित्रबहादुर थापा, शंकर पोख्रेल, दुर्गा नेपाली र सानुमाया महतको नाम पार्टीले सिफारिस गरेको छ ।


प्रदेश क्षेत्र २ क मारेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ , कमल गैह्रे, थमन आले २ को ख मा काजिमान श्रेष्ठ, भक्त रसाइली, भुपाल थापा, सुर्यप्रकास तिमिल्सिना, पुर्ण ब थापा र मधुमाया ढकालको नाम पार्टीले सिफारिस गरेको छ ।
बैठकले नवगठित जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्