
पोखराः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोलीले बेनी जोमसोम कागबेनी कोरोला सडकको अनुगमन गरेको छ । शनिबार टोली कोरोला पुगेको थियो ।
नाकामा संरचना बनाएर भन्सार सञ्चालनका लागि संघ सरकारको ध्याकर्षण गराउने उहाँले प्रतिबद्धता जनाए ।
त्रिवेणी कोरोला सडक प्रदेशको लाइफलाइन नै मानिएको छ । जोमसोमदेखि माथि पुलहरु धमाधम बनिरहेको भए पनि घाँसा खण्डमा भने काम सुस्त भएको र पहिरोको पनि जोखिम छ ।
उनले सम्बन्धित कार्यालयका प्रमुखलाई छिटो काम सक्न निर्देशन दिनुका साथै थप लगानीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको ध्यानाकर्षण गराए ।
मुख्यमन्त्री नेपालीले नेचुङ भन्सार कार्यालय र बोर्डर आउट पोस्ट पनि अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिए ।
टोलीमा आन्तरिक मामिला मन्त्री डोबाटे विक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्डबहादुर कमाल, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव रामप्रसाद आचार्यसहित सहभागी थिए ।
मुख्यमन्त्रीले शुक्रबार पवित्र तीर्थस्थल मुक्तिनाथको अवलोकन एवं दर्शन गरे ।