
दमौलीः पार्टी क्षेत्रीय समितिले आह्वान गरेअनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ का लागि दावेदारी गरेका छन् ।
पार्टीले प्रदेश तथा प्रतिनिधि सभा सदस्यको उम्मेदवारीका लागि इच्छुकलाई नाम दिन दिएको भदौ १४ को समयसीमाको पहिलो दिन उम्मेदवारीका लागि दावेदारी दिएका छन् ।
केन्द्रीय सदस्य भट्टराईले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ) आफ्नो उम्मेदवारी क्षेत्रीय सचिवालयमा दर्ता गराएको क्षेत्रीय सभापति श्याम मौरतीले जानकारी दिए । ‘उहाँबाट पार्टीमा पहिलो उम्मेदवारी परेको छ,’ उनले भने ।
भाद्र १४ सम्म परेका दावेदारीमध्ये क्षेत्रबाट जिल्ला हुँदै जिल्लाले प्रदेश र प्रदेशले संघसम्म उम्मेदवारी सिफारिस गर्नेछ ।
तनहुँ १ मा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का केन्द्रीय सदस्य शंकर भण्डारी पनि उम्मेदवार बन्न इच्छुक छन् ।