पार्टी छाडेकालाई उचित जिम्मेवारी दिन्छौं ः तनहुँ कांग्रेस

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँले विभिन्न कारणले पार्टीबाट अलग भएकाहरुलाई मुलधारमा फर्कन आव्हान गरेको छ ।


पार्टी जिल्ला सभापति जीतप्रकाश आलेले आइतबार एक विज्ञप्ती जारी गर्दै ‘पार्टीबाट अलगहुनुभएका र स्वतन्त्र भुमिकामा रहनुभएका सम्पुर्ण साथीहरूमा बिनाशर्त पार्टीको मुलधारमा फर्कन नेपाली कांग्रेस तनहुँ हार्दिक अपिल गर्दछ,’ भनेका छन् ।

साथै, सभापति आलेले सबैलाई सम्मानजनक व्यवहार गरिने र उचित जिम्मेवारी दिने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्