बुद्विचालमा तनहुँबाट ३ छनोट,बन्दीपुरका थापा प्रथम

  • ख-
  • ख+

दमौलीः बुद्विचाल खेलका लागि तनहुँबाट तीन जना खेलाडी छनोट भएका छन् । दमौलीमा आयोजित एक प्रतिष्पर्धामा बन्दीपुर गाउँपालिकाका रामबहादुर थापा प्रथम, म्याग्दे गाउँपालिकाका रुचन कायस्थ दोश्रो तथा व्यास ४ का नरेन्द्र न्यौपाने तेश्रो भएका हुन् ।

गण्डकी प्रदेशमा हुने प्रतियोगितामा भाग लिन लागि उनीहरु छनोट भएको जिल्ला
बुद्विचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलले जानकारी दिए । जिल्ला बुद्विचाल संघ तनहुँद्वारा शनिबार दमौलीमा आयोजना गरेको प्रतियोगितामा १६ जोडी सहभागी भएको सो संघले जनाएको छ ।

जिल्ला खेलकूद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेलले चेसको गोटी चालेर कार्यक्रमको उद्घाटन गरे ।
नवौ राष्ट्रिय खेलकूद २०७९ मा तनहुँबाट ३६ खेलमा खेलाडी सहभागि हुने सो अवसरमा उनले बताए ।


जिल्ला बुद्विचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्विचाल केन्द्रिय महाधिवेशन प्रतिनिधी एवं मुख्य अर्बीटर चन्द्रमोहन अधिकारी,सहायक अर्बिटर सानुकाजी यथार्थ,गण्डकी प्रदेश प्रतिनिधि कृष्ण रुचाल लगायतको सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी