कैदीबन्दी र ४ प्रहरीसहित ४३ को स्वाब संकलन

  • ख-
  • ख+

दमौलीः बढ्दो कोरोनाको जोखिमकाबीच तनहुँका ४ प्रहरीसहित ४३ जनाको स्वाब संकलन गरिएको छ ।

व्यास नगरपालिकाले जोखिम बढ्दो भएको भन्दै कन्ट्याक्ट ट्रेसिङ र जोखिम भएका क्षेत्रका व्यक्तिको स्वाब संकलन गरिएको जनाएको हो ।

दमौली कारागारमा चलान भएका कैदीबन्दीको पनि स्वाब संकलन गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । ‘जोखिम भएका क्षेत्रका व्यक्तिको जाँचका लागि स्वाब संकलन गरेका छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्