मौलिक जरोकिलो पार्टी गण्डकीको दोस्रो अधिवेशन

  • ख-
  • ख+

आँबुखैरेनीः मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ ।

तनहुँ जिल्लाको आँबुखैरेनीमा शनिबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । पार्टी प्रवक्ता प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेको उपस्थितिमा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

नवनिर्वाचित गण्डकी प्रदेश समितिका अध्यक्षमा हरि नेपाल, उपाध्यक्ष टोलराज वाग्ले,
महासचिव भरत गिरि, सचिव पद्मा राना, कोषाध्यक्ष जगन्नाथ वाग्ले छन् । यसैगरी, सदस्यमा बसन्त देवकोटा र चिजकुमार श्रेष्ठ छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी