नव आगन्तुक विद्यार्थीलाई स्वागत एवं तीज गीत प्रतियोगिता सम्पन्न

  • ख-
  • ख+


ऋषिङ्ग -८ मा रहेको श्री शिव सरस्वती माविमा शुक्रबार कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत एवं तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीहरूले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेका थिए । शुक्रबारे कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि हरितालिका तीजको अवसरमा तिज गित प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वि.व्य.स.अध्यक्ष दान बहादुर श्रेष्ठले समाजमा रहेका विकृत
वि संगति विरुद्ध जब सम्म नारीले आवाज उठाउन सक्दैन तब सम्म नारीको अधिकार स्थापित हुन नसक्ने बताए । नारीले आफ्नो आधिकार स्थापित गर्नका लागि आ- आफ्नो स्थानबाट सशक्त भएर उभिनु पर्नेमा श्रेष्ठले जोड दिए ।
विद्यार्थीहरूबाट प्रस्तुत गायन कार्यक्रममा विद्यार्थीहरूले महिला हिंसा , यौनजन्य हिंसा र बलात्कारका घटनाहरू बढ्दै गएको चिन्ता व्यक्त गरेको हुनाले विद्यार्थीहरुका लागि आत्म रक्षा सम्बन्धी कार्यक्रम आयोजना गर्न लागिएको श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका १४ समुहको सहभागिता रहेको थियो ।


प्रतियोगितामा मावि समुह तर्फ कक्षा ९ को अभिषेक ढकालको समुह पहिलो , कक्षा ९ कै केशरी थापाको दोस्रो र कञ्चन थापाको समुह तेस्रो भएका थिए । तसैगरी प्रावि तर्फ स्मारिका साहीको समुह पहिलो, प्रतिज्ञा परियारको समुह दोस्रो र आकांक्षा थापाको समुह तेस्रो भएको बिद्यालय शिक्षक उपेन्द्र पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्