
दमौलीः व्यास नगरपालिकाले वडा तथा मुख्य कार्यालयमा सेवाग्राहीका लागि निःशुल्क फोटोकपी तथा निवेदन लिने निर्णय गरेको छ । मंगलबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि मंगलीगैह्रामा जग्गा खरिद गर्न सरकारसँग स्वीकृति माग्ने निर्णय गरेको छ । यसैगरी नगर क्षेत्रका कृषि र गैह्र कृषिजन्य जग्गा छुट्याउने सहितका निर्णय पनि बैठकले गरेको नगरपालिकाको विज्ञप्तिमा छ । बैठकले गरेका निर्णयहरु ः
बैठकका निर्णयहरुको समिक्षा गरि नगरपालिकाको मुल कार्यालयमा टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा भाद्र १ गतेदेखि सञ्चालन भएको सहायता कक्षबाट दिईने सेवामा आर्थिक ऐनमा लेखिएको दस्तुर समेत निशुल्क हो कि भन्ने आशंका रहेकोमा आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपि, निवेदन दस्तुर लगायतका सेवाहरु निशुल्क प्रदान गर्ने निर्णय गरियो ।
आ.ब २०७९÷८० का बजेट तथा कार्यक्रमहरुको कार्यान्वयन कार्ययोजनामा २०७९ भाद्र मसान्त सम्म उपभोक्ता समिति गठन गर्ने, २०७९ असोज मसान्त सम्म उपभोक्ता समितिहरुलाई प्रशिक्षण दिने, २०७९ कार्तिक मसान्त सम्म सम्झौता गर्ने, टेण्डर प्रकृयाबाट प्रारम्भ हुने योजनाको २०७९ पौष मसान्त भित्र सम्झौता गर्ने गरी प्रकृया अघि बढाउने र २०८० जेठ मसान्त भित्र योजनाहरुको मुल्याङकन र भुक्तानीको व्यवस्था मिलाउने गरि कार्यतालिका बनाई पारित गरियो ।
३) व्यास नगरपालिका भित्र लिफ्टिङ खानेपानि योजना र सडक बत्तिमा स्थानीय उपभोक्ताहरुबाट भुक्तानि भएको मासिक विद्युत महसुलको विवरण वडा कार्यालय मार्फत २०७९ भाद्र २० सम्म संकलन गरी आगामि बैठकमा पेश गर्न योजना शाखालाई निर्देशन दिने निर्णय गरियो ।
४) २०७९ श्रावण महिनामा आन्तरिक आयबाट रु. १ करोड २५ लाख ३२ हजार १ सय ४४ प्राप्त भएको बैठकमा जानकारी गराइयो ।
५) व्यास नगरपालिका अन्तरगत सरसफाई केन्द्र स्थापना गर्नका लागी व्यास १० मंगलि गैर्हाको प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकार संग स्वीकृति माग गर्ने निर्णय गरियो ।
६) गण्डकी प्रदेश सरकारबाट व्यास–०१ स्थित निर्मल माध्यमिक विद्यालयको भवन र प्रयोगशाला निर्माण कार्यक्रमका लागि ३ करोड विनियोजन भएकोमा कार्यक्रम कार्यान्वयन गर्न सहमति प्रदान गर्ने निर्णय गरियो ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग बाट नगरपालिका भित्रका जग्गाहरुलाई कृषि क्षेत्र र गैर्ह कृषि क्षेत्र छुट्याउन २०७९÷८÷२३ सम्मको समय प्रदान गरि २०७९÷४÷३१ गते प्रेस नोट जारी भएकोमा सो कार्य वडा कार्यालय समेतको सहयोगमा तत्काल प्रारम्भ गर्न घरनक्सा शाखालाई निर्देशन दिने निर्णय गरियो ।