अधिकृत विक्रेता संघ तनहुँको अध्यक्षमा हरिबहादुर खड्का

  • ख-
  • ख+

दमौलीः अधिकृत विक्रेता संघ तनहुँको सातौैं साधारणसभा तथा चौथो अधिवेशन सोमबार म्याग्देको अकलामा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा हरिबहादुर खड्का निर्वाचित भएका छन् ।


संस्थाका वरिष्ठ उपाध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा लालप्रसाद प्रधान, सचिवमा विष्णु पराजुली र कोषाध्यक्षमा केदार अधिकारी निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा चन्दन श्रेष्ठ र रविन्द्र शाही निर्वाचित भएका छन् ।


यस अघि अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री एवम् तनहुँ क्षेत्र नँ १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले नाफा कम तर दुख धेरै हुने पेशा होलसेलर भएको बताए । ‘देख्दा करोडौंको देखिन्छ तर सुका मोहोरको हिसाब गर्नुपर्छ ,ठुलो कारोबार देखिएपछि राजश्व लगायतका कार्यलयले दुःख दिन सक्छ यसको लागि सहयोग गर्न तयार छ,’ श्रेष्ठले भने ।


सहि र नियम संगत तरिकाले व्यापार गर्दा व्यापारीलाई दुख दिने खालका गतिविधि भए सहयोग गर्ने श्रेष्ठको भनाइ थियो । बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले व्यापारीलाई नै घाटा हुने हुँदा त्यस्तो नगर्न उनले ब्यापारी लाई सुझाव दिए ।
अधिक्रित विक्रेता संघ तनहुँका अध्यक्ष लिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वितरक संघका केन्द्रीय अध्यक्ष हरिराज पन्त, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, भूमि आयोग तनहुँका विज्ञ श्रीराम कार्की, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल , तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ , मंगलप्रसाद श्रेष्ठ , रामभक्त घिमिरे , हरि खड्का , हर्षमान श्रेष्ठ, सरोज भण्डारी लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्