
दमौली : व्यास नगरपालिका स्थित दमौली बजारको मुख्य भाग सफासडक नमुना टोल व्यवस्थापन समितिको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले उद्घाटन गरे ।
टोल समितिका अध्यक्ष कुमारमोहन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पबित्रा खनाल , सल्लाहकार ईश्वर बिष्ट, सचिव रजिन श्रेष्ठ , कोषाध्यक्ष सुदेप भुमी लगायत अन्य सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।