केसीको जीवनरक्षाको माग गर्दै तनहुँबाट प्रधानमन्त्रीलाई हस्ताक्षर पठाइयो

  • ख-
  • ख+

दमौली: चिकित्सा क्षेत्रमा सुधारका लागि भएको सम्झौता कार्यान्वयनको माग राख्दै आमरण अनशन बसिरहेका चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा हस्ताक्षर शंकलन गरेर प्रधानमन्त्रीलाई पठाइएको छ ।

स्कूल अफ डेमोक्रेसी संस्थाले दमौली अनशन चोकमा संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको हो ।

संस्थाले दिउँसो ३ बजेबाट करिब एक घण्टा हस्ताक्षर संकलन गरेको थियो । संस्थाका अध्यक्ष डम्बर अधिकारीले केसीको जीवन नै संकटमा पर्ने अवस्था आउँदा पनि सरकार उनको माग पुरा गर्न गम्भीर नबनेकाले दबाबस्वरुप हस्ताक्षर अभियान संचालन गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी