
दमौलीः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सबै केन्द्रीय सदस्यले अघि बढ्न सुझाव दिएको जिकिर गरेका छन् । गृहजिल्ला तनहुँ दौडाहामा रहेका पौडेलले भानु ६ टुहुरेपसलमा स्थानीयलाई सम्बोधन गर्दै भने, सबै केन्द्रीय सदस्यसँँग बसेको छु । सबैले मलाई अघि बढ्न सुझाव दिएका छन् ।
जबकी बैठकमा कतिपय केन्द्रीय सदस्यले उनलाई प्रत्यक्ष चुनाव नलड्न सुझाव दिएको सार्वजनिक भएको थियो । वरिष्ठ नेता पौडेलले आफूले सबैलाई मिलाएर अघि बढ्ने पनि बताए । यो मेरो जन्मथलो पनि हो । म यहीँबाट लड्छु । उनले भने कसलाई के व्यवस्थापन गर्नुपर्ने हो गर्छु ।
पौडेलले सहिद बुद्धसिं मार्गमा आफ्नै पहलमा ४६ करोडको टेण्डर लागेको तथा भानु, कुन्छा तथा मस्र्यांगदी क्षेत्रमा सडक र पूर्वाधारमा प्रशस्त बजेट पठाएको जिकिर गरे । भानुमा विकासका लागि प्रशस्त बजेट आफ्नो पहलमा पठाएको जिकिर गर्दै उनले भने, चुँदी, फाउँदी क्षेत्रमा बाटो विकासका लागि धेरै पैसा परेको छ । उनले अब गाउँ गाउँमा ठूलोस्तरको विकास पुग्ने जिकिर पनि गरे ।
गठबन्धन गरे पनि नगरे पनि घाँडो
विगतमा वाम दलको पालामा विकास नभएको दावी गर्दै उनले पैसा पठाएर आफैंले रजाइं गर्ने काम भएको पनि दावी गरे । उनले गठबन्धन नगर्दा पनि घाँडो भएको भन्दै गर्दा पनि समस्या भएको जिकिर गरे । ‘सारा भोट हामीसँग छ,’ उनले भने, ‘तर २।३ हजारको भोट भएका पनि सिट चाहियो भन्छन् ।’