क्षेत्रीय हाेटल संघ डुम्रेद्वारा व्यवसायीलाई बिमा

  • ख-
  • ख+

डुम्रे: क्षेत्रीय हाेटल संघ तनहुँ डुम्रेबजार इकाइले प्रत्येक होटल व्यवसायीहरूको व्यवसायिक बिमा गराएको छ ।

एकाइका सदस्यहरुलाइ एक लाख बराबरको व्यवसायिक  बिमा गरिएको क्षेत्रीय हाेटल संघ डुम्रे बजार इकाईका सचिव महेन्द्र शाहीले बताए ।


व्यवसायीलाई शिखर इन्सुरेन्समा बिमा गराइएको र त्यस वापतको रकम क्षेत्रीय होटल संघ डुम्रेबजार इकाइले बुझाएको इकाइका अध्यक्ष सन्तोस थापाले बताए ।


करिब १ सय २० सदस्य रहेको इकाइमा करिब ८० व्यवसायीले वार्षिक नविकरण गरेका छन् । बाँकीलाई पनि नवीकरण गर्न संस्थाले आग्रह गरेको सचिव शाहीले बताए । इकाईले विभिन्न दाताको सहयोगमा आफ्नै भवन समेत हालै निमार्ण गरेकाे छ ।


अाफ्नै भवनमा बैठक , नवीकरण गर्न सुरु गरेको इकाईले भवन निमार्णमा सहयोग गर्ने सहयोगीलाइ प्रमाण पत्र प्रदाान गरी सम्मान समेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी