पेट्रोलियम पदार्थको मुल्य घटाउन भन्दै क्षेत्रीय सभापति खनाल द्वारा ज्ञापनपत्र

  • ख-
  • ख+

दमौली: पेट्रोलियम पदार्थको मुल्य तत्कालै घटाउनु पर्ने माग राख्दै नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नँ २ का सभापति चुडामणि खनालले ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै खनालले ” खरिद गर्दा १ रुपया बढेर आउना साथ मूल्य समायोजन गर्ने भन्दै पेट्रोलियम पदार्थको मुल्य बढाउने आयल निगमले अहिले खरिद गर्दा तीन पटक सम्म मूल्य घटेर आउदा पनि मुल्य नघटाउनु आयल निगमको चरम लापरबाही हो” उल्लेख गरेका छन् ।

पेट्रोलियम पदार्थ को मूल्य बढ्दा त्यसको असरले गरिब जनताको भान्सामा पुग्ने देखि अति आबस्यकिय सम्पुर्ण बस्तुको मुल्य बढ्ने साथै गरिबको चुलो नबोल्ने अबस्थामा पुग्ने कुरामा पनि सरकार मौन रहनु दुर्भाग्य हो त्यसैले सरकारले तुरुन्तै पहल कदमी गरि पेट्रोलियम पदार्थको मुल्य समायोजन गरि तत्काल मूल्य घटाउने काम गराेस्’, खनालले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी