दमौलीः अरिंगलको टोकाइबाट म्याग्दे ५ छाङपाटनका एक व्यक्तिको ज्यान गएको छ ।
शुक्रबार राती करिब ८ बजे सेती नदी किनारमा सिसौको रुखमा रहेको गोला पोल्ने क्रममा अरिंगालको टोकाइबाट घाइते स्थानीय ३१ वर्षका टोपबहादुर कुमालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते हुनासाथ भीमादमा उपचार गरी कुमाललाई थप उपचारका लागि पोखरा पठाइएको थियो ।