‘तनहुँका जनताले पुरानालाई समानुपातिक फ्रेसलाई प्रत्यक्ष टिकट चाहेका छन्, नत्र कांग्रेसलाई जित्न गाह्रो छ’ (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँमा पार्टीलाई विजय गराउनका लागि नयाँ अनुहारलाई प्रत्यक्षको टिकट र पुरानालार्य समानुपातिकको बाटो नलगिए कांग्रेसको जित नहुने चेतावनी दिएका छन् ।

काठमाडौंवासी तनहुुँका प्रजातन्त्रवादी केही युवा तथा बुद्धिजिविसँगको भेटका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । ‘देशैभर निर्वाचनको प्रवृत्ति हेर्दा नयाँ अनुहार मतदाताले खोजेको देखिएको छ, उनले भने, तनहुँमा गएको चुनावले पनि त्यही देखायो,’ उनले भने, ‘अब तनहुँमा कांग्रेसलाई जिताउने बाटो भनेकै पुरानालाई समानुपातिक र फ्रेस अनुहारलाई प्रत्यक्ष टिकट हो । होइन भने पराजय निश्चित छ ।’


केन्द्रीय सदस्य भट्टराईले आफूले हालै सम्पन्न स्थानीय चुनावको नतिजा, जिल्ला भ्रमणका क्रममा कार्यकर्ताबाट पाएको सुझाव तथा देशव्यापी प्रवृत्तिका आधारमा यो विश्लेषण गरेको बताए । स्थानीय तहको नतिजाले पनि पुराना धेरै ठाउँमा हारेको अवस्था छ, यसले पनि पार्टीमा मेलमिलाप गरेर नयाँलाई निर्वाचनमा जिम्मेवारी दिए जित्ने देखाउँछ, उनले भने ।


मैले यत्रो समय दिएको योगदानको मूल्यांकन खै ?
केन्द्रीय सदस्य भट्टराईले आफूले नेपाली कांग्रेसका लािग ४५ वर्ष समय दिएको तर योगदानको मूल्यांकन नभएको भन्दै पार्टीमा मूल्यांकनको परिपाटी नबसेकोप्रति दुखेसो गरे । पुराना पुस्ताले भोगेको आधा समय पञ्चायतमा पनि संघर्ष गरेको छु, बाँकी सबै समय उहाँहरुजत्तिकै संघर्ष गरेको छु उनले भने, मेरो ठूलो लगानी, क्षमता, सम्पत्ति र जीवन दिएँ ।


उनले आफूभन्दा माथिका पुस्ता माथि र तलका पुस्ता पनि धेरै माथि पुगेको भन्दै आफ्नो समय, योग्यता, लगावका आधारमा मूल्यांकन नभएकाले अब आफू पछि हट्न नसक्ने ठाउँमा पुगेको बताए । म अब पछाडि जान नसक्ने ठाउँमा छु, उनले भने, तपाईंहरुबाट साथ खोजेको छु ।


उनले भावी पुस्ताका लागि समेत तनहुँ कांग्रेसको राजनीति सुरक्षित गर्नुपर्ने भन्दै गुटगत मेलमिलाप नभै कार्यकर्ताको चाहनाका आधारमा मूल्यांकन गर्नुपर्ने भन्दै अप्रत्यक्षरुपमा तनहुँ १ बाट आफू चुनाव लड्ने योजना सुनाए ।


कार्यक्रममा कांग्रेस अग्रज नेता कुलचन्द्र वाग्ले, महाधिवेशन प्रतिनिधि रेशम गुरुङ र सुरेश भट्टराई, नेविसंघका नेताहरु उत्तम मिश्र, शंकर पौडेल, प्रितम गुरुंग, सुशिल तिमल्सेना, एलिजा ढकाल, पुजन गन्धर्वसहितका ७० युवा उपस्थित थिए ।
सानो भेटघाट मात्र गरेको भन्दै महाधिवेशन प्रतिनिधि सुरेश भट्टराईले अब नेता गोविन्द भट्टराई तनहुँवासीसँग चुनावलक्षित निरन्तर अन्तरसंवादमा रहने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्