विदेशिन राहदानी लिनेको तनहुँमा लर्को, भिड व्यवस्थापनमा प्रशासनको कमजोरी

  • ख-
  • ख+

दमौलीः जिल्ला प्रशासन कार्यालयमा राहदानी (पासपोर्ट) को लागि सेवाग्राहीको भिड लागेको छ । दैनिक पाँच सय भन्दा बढिको संख्यामा सेवाग्राहीको भिड बढ्न थालेपछि प्रशासनले केही दिनलाई राहदानी फर्म नै बन्द गरेको छ ।


फर्म बन्दले नयाँ सेवाग्राही यत्तिकै फर्कन परेको छ भने पुरानो टोकन लिने लाई पनि दुई तीन दिन लागेको छ । पहिले सेवाग्राही फर्म भरेर टोकन लिंदा जुन दिनलाई डेट मिल्छ त्यहि दिनमा आएर काम सकि फर्कने गरे पनि अहिले भिड बढेर शास्ति भएको छ ।

यहि त्रुटी छल्न र भिड कम गराउन प्रशासनले ५ दिनदेखि बन्द गरेको फर्म अहिले भएको कोटा सकेपछि मात्रै खोल्ने बताएको छ । पहिले एकै दिनमा राहदानी लिएर फर्कन पाउने भए पनि अहिले प्रशासनले भिड व्यवस्थापन गर्न सकेको छैन ।

प्रशासनले भने दिनमा एक सय जनालाई खोल्ने गरेको कोटा सिस्टम बिग्रेर चार सय लाई खुल्दा भिडभाड बढेको बताएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैर्हेका अनुसार एक सय कोटा खोल्नपर्नेमा प्राबिधिक कारणले चार सयको कोटा खुल्न गई टोकन दिँदा व्यवस्थापन गर्न नसकिएको हो ।

सेवाग्राहीले भने प्रशासनले दिने सेवामा सुधार ल्याउनु पर्ने बताएका छन् । चर्को घाममा घण्टौ लाइन लागेका घिरिङ गाउँपालिका वडा नं ४ उम्से बेलस्वाराका युवा भिमबहादुर रानाभाटले राहदानी बनाउन आउँदा सास्ती खेप्नुपरेको बताए ।
/एक्लै छु, घण्टौ लाईन बस्नपर्दा पिसाब फेर्न जान पाएको छैन, लाइन छोडेर जाउँ लाइन हराउँछ भन्ने डर छ,’ रानाभाटले भने । उनले जिल्ला प्रशासन कार्यालयमा नेपाल बैंक लिमिटेडले एउटा काउन्टर राख्न अनिवार्य देखिएको समेत बताए ।

हामी बैंक खोज्दै बजार बजार दर्कुनुपरेकोछ , यहीँ काउन्टर खोल्नेतिर प्रशासनले ध्यान दिनुपर्दछ । राहदानी बनाउनकै लागि लामो लाइनमा बसेकी शुक्लागण्डकी नगरपालिका वडा नं ८ कि सम्झना गौतमले राहदानी बनाउन आउँदा दुःख पाएको बताइन् ।

/बिहान ८ बजेदेखि लाइनमा बस्दानि पालो आछैन,’ उनले भनिन् । प्रशासनमा राहदानी लिन आउनेको भिडले नेपाल बैंक लिमिटेडमा पनि भिड बढेको छ । राहदानीको रकम जम्मा गर्न बैंक जानुपर्ने भएकोले सेवाग्राहीहरूको बैंकमा भिड बढेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्