राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अध्यक्षमा विकास

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको प्रथम जिल्ला भेला शुक्रबार दमौलीमा सम्पन्न भएको छ ।

भेलाले विकास सिग्देललाई अध्यक्ष चुनेको छ । अन्य सदस्यहरुमा प्रत्येक पालिकाका अध्यक्ष सदस्य रहने प्रावधान अनुरुप थप गरिने बताइएको छ ।

तनहुँ उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा पार्टीका गण्डकी प्रदेशका सभापति डा.ढाकाकुमार श्रेष्ठले पटक पटक अन्य पार्टीलाई भोट दिएपनि अबको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा भोट दिएर जिताउन आग्रह गरे ।


भ्रष्टाचार जरैदेखि निर्मूल गर्ने पार्टीको प्रतिबद्धता रहेको बताउँदै उनले स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गरिने बताए ।


देश विकासको लागि एकजुट भएर हातेमालो गर्दै अघि बढ्नुपर्ने समय आएको भन्दै प्रदेश सभापति श्रेष्ठले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य दलका कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी