स्वतन्त्रको भेलामा उम्मेदवारबारे छलफल

  • ख-
  • ख+

दमौलीः तनहुँमा काङ्ग्रेस स्वतन्त्र समुहको चहलपहल बाक्लिएको छ । समूहले बुधबार म्याग्देको अकला हाइवेमा भेला तथा प्रारम्भिक छलफल गर्यो । खासगरी गएको स्थानीय निर्वाचनमा कांग्रेसबाट टिकट पाउन नसकेका र पार्र्टीले मूल्यांकन नगरेका तथा अन्यायमा परेका समूह यो भेलामा उपस्थित भए ।

‘हाम्रो उद्धेश्य आउने चुनावमा संघ तथा प्रदेशमा स्वतन्त्र तरिका बाट उमेदवारि दिने हो र हाम्रो उमेदवारलाई जिताउने हो,’ भेलामा सहभागी एक नेताले भने । बीपीको सिद्धान्त अनुसार काङ्ग्रेसका केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारी चल्न नसकेको र असल कार्यकर्तालाई पाखा लगाइएको भन्दै भेलाका सहभागीले असन्तुष्टि जनाएका थिए ।


भेलामा संबिधान सभा सदस्य झुलबहादुर आले, ऋषिग गाउँपालिका अध्यक्षका स्वतन्त्र उमेदवार श्रीराम आले, कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव विश्व बाँस्तोला, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, पूर्व वडा अध्यक्ष तारानरेश पौडेल, वडा अध्यक्षका स्वतन्त्र उमेदवार चुडामणि दाहाल, राजु दाहाल लगायत करिब २५ जनाको सहभागीता रहेको थियो ।


सहभागी मध्येका राजु दाहालका अनुसार आफूखुशी पार्टी चलाउने प्रवृत्तिको अन्त्यको लागि स्वतन्त्र समुहको भेला भएको हो । ‘यो प्रारम्भिक भेला हो र छिट्टै ठुलो संख्यामा अर्को भेला हुनेछ,’ उनले भने ।

दाहालले आँफुहरू अन्य पार्टीमा जान लागेको भन्ने हल्ला मात्रै भएको र काङ्ग्रेसलाई सहि बाटोमा ल्याउने उद्देश्य रहेको बताए । भेलामा सहभागी अर्का चुडामणि दाहालका अनुसार अवको संघ तथा प्रदेशमा कहाँ कसलाई उठाउने र समर्थन गर्ने भन्ने बारेमा समेत छलफल चलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्