कलेस्तीकी रिता नागरिक सम्मान २०७९बाट सम्मानित

  • ख-
  • ख+

दमौली: डेढ दशकयता शिक्षा तथा बालमनाेविज्ञानकाे क्षेत्रमा कार्यरत रिता घिमिरेलाई नागरिक सम्मान २०७९ बाट अभिनन्दन गरिएकाे छ।महिलाद्वारा सञ्चालित आई सि टि मिडिया प्रालिकाे आठाैं साधारण सभाकाे अवसर पारी उनलाई सम्मानित गरिएकाे हाे।


बाल सिकाई,बाल मनाेविज्ञान,बालमैत्री शैक्षिक पर्यावरण निर्माण कसरी गर्ने भन्ने जस्ता वििषयमा व्यस्त देखिने घिमिरे सिकारु मैत्री प्रविधिमा सिकारूलाई अभिप्रेरित राख्न सकिन्छ भन्नेमा दत्तचित्त छिन्।


उनी विभिन्न तालिम,गाेष्ठि,सेमिनार लगायत शैक्षिक स्थानहरूमा प्रशिक्षक रूपमा प्रस्तुतीकरण दिइरहन्छिन्।विभिन्न प्रशिक्षण केन्द्र समेत सञ्चालन गरेर बालमैत्री सिकाईमा तल्लीन घिमिरेकाे कामकाे कदर हुनु प्रशंसायाेग्य कार्य भएकाे शिक्षाविद् बताउँछन् ।


ललितपुर स्थित फिनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टर – संचालक तथा बरिस्ठ प्रशिक्षक रूपमा कार्यरत घिमीरे काठमाडौं लगाएत काठमाडौं बाहिरका जिल्लाहरूमा समेत बालमैत्री सिकाईका अवधारणा सहजीकरण गर्न व्यस्त देखिन्छिन्।

विभिन्न पूर्व प्राथमिक विद्यालयकी सल्लाहकार, पाठ्यक्रम डिजाइनर तथा तालिम सहजकर्ता घिमिरेकै सक्रियतामा पूर्व प्राथमिक तहका पाठ्यक्रम निर्माण भएका छन्।


पूर्व रक्षा मन्त्री एवम् प्रतिनिधि सभा सदस्य तथा वरिष्ठ पत्रकार भैरब रिसालबाट सम्मानित घिमीरेले समाजमा यस विषमा आफू विभुषित हुदा जिम्मेवारी र कर्तव्य झनै थपिएकाे महसुस भएकाे धारणा दिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्