
दमौलीः दमौली अस्पतालमा डेंगुका बिरामी देखिएका छन् । पछिल्लो समय भाइरलका बिरामीको चाप भएको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडि जिपि डा. राजु रानाले बताए ।
बिहीबार मात्रै डेङ्गुका बिरामी इमर्जेन्सीमा चार र ओपिडीमा तीनजना आएको रानाले बताए ।
खासगरी ज्वरो आउने, आँखा दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने , कमजोरी हुने डेङ्गुको लक्षण भएको डाक्टर रानाले जानकारी दिए । अहिले व्यास १० , १२ , ५ र ३ नं वडाका २० देखि ४० बर्षका मानिसहरूमा देखिएको छ, रानाले भने ।
त्यसमा १ जना पुरूष र अन्य महिला भएको उनले बताए ।
डेङ्गुका बिरामी दमौलीमा पहिला पहिला पनि फाट्टफुट्ट देखिने गरेको भए पनिहिजो र आज बढी देखिएको अहेब मदन गौतमले बताए ।

डेङ्गु हुँदा हड्डी भाँचिएको जस्तो दुखाइ हुने, आँखाको गेडि दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, खान मन नलाग्ने, कमजोरी महसुस हुने गौतमले बताए ।
डेङ्गु खासगरी लामखुट्टे बाट सर्ने हुँदा साँझमा बाहिर ननिस्कन , शरीर ढाक्ने लामो लुगा लाउन , झुलको प्रयोग गर्न अस्पतालले आग्रह गरेको छ । डेङ्गु भएका बिरामि कमजोर महशुस हुने हुँदा झोलिलो र तागतिलो खानेकुरा खान चिकित्सकले आग्रह गरेका छन् ।