देवघाटमा पाैडेल !

  • ख-
  • ख+

दमौली: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल देवघाट पुगेका छन् । कांग्रेस देवघाटले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न नेता पौडेल देवघाट पुगेका हुन् ।
देवघाटमा कार्यकर्तालाई सम्बाेधन गर्दै पाैडेलले गाउँमा रोजगारी र गाउँमै आम्दानी गर्ने वातावरण बनाउन सके मानिसहरु सहर झर्नु नपर्ने बताए । ‘गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ‘, पाैडेलले भने ।
मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताए । देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेता पौडेलले विगतमा अवरुद्व भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाउन अाँफु फेरि सकृय भएर लागेको बताए ।
४ दिनदेखि लगातार तनहुँकाे क्षेत्र नँ १ का विभिन्न गाउँमा पुगेका नेता पाैडेल आज काठमाडौ फर्केका छन् । पाैडेल आगामी चुनावमा तनहुँ १ बाट उठ्ने तयारी स्वरूप गाउँ दाैडाहमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्