समाचार प्रकाशित भएको २४ घण्टामा मर्मत भयो जिर्ण बिजुलीको पोल

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका वडा नं ७ मा लामो समय देखि जिर्ण रहेको बिजुलीको पोल मर्मत भएको छ ।


स्थानीय श्रीभद्र आचार्य लगायतको टोलीले पटकपटक सम्बन्धित निकायमा खबर गर्दा पनि सुनुवाइ नभए पछि दमौली न्युजले उक्त समाचार प्रकाशित गरेको थियो । लामो समय बिजुलीको पोल ढल्न लागेको भन्दै स्थानीय चिन्तित भएका थिए ।


पोल ढल्ने जोखिम बारेमा सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै त्यस क्षेत्रका बासिन्दा अहिले चिन्तित र त्रसित थिए । अहिले उक्त पोलको मर्मत पछि स्थानीय खुशी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी