साउन १५ बाट बिमलनगरबाटै लाइसेन्स नवीकरण

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
यातायात ब्यवस्था कार्यालय बिमलनगरले साउन १५ गते आइतबार देखि सवारी चालक अनुमति पत्र लाइसेन्स नविकरण गर्ने भएको छ ।
यातायात ब्यवस्था कार्यालय बिमलनगरको सुचना अनुसार साउन १५ गते आइतबारबाट नविकरणको काम सुरु हुने भएको छ ।
अन्य प्रदेशबाट लाइसेन्स लिएको भएपनि गण्डकी प्रदेशको स्थायी बासिन्दाको मात्र नविकरणको काम गर्न सकिने कार्यालयले जनाएको छ ।

कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्स रुपान्तरण भएको मात्र नविकरण हुने कार्यालयले जनाएको छ । नविकरण गर्न आउदा सक्कल अनुमति पत्रसँगै नागरिकताको प्रतिलिपि समेत समावेश गर्नुपर्ने समेत कार्यालयले जनाएको छ । सेवाग्राही अनुपस्थित वा विदेश भएको व्यक्तिको सवारी चालक अनुमति पत्र नविकरण नहुने कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्