सुर्य नेपालद्वारा रत्न माविलाई कम्प्युटर सहयोग

  • ख-
  • ख+

दुलेगौंडाः नगरपालिका वडा नँ ७ सेरामा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले रत्न मा बि लाई आठ थान कम्पुटर सहयोग गरेको छ ।

म्याग्दे गाउँपालिका वडा नं ६ मा रहेको रत्न माविलाई शिक्षाको क्षेत्रमा सहयोग पुगोस भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर सहयोग गरेको कम्पनीले जनाएको छ ।

सहयोग कार्यक्रममा कम्पनी म्यानेजर अन्जान दुवाडी तथा म्याग्दे ६ का वडा अध्यक्ष हिरासिंह गुरुङ को उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक रमेशबाबू भट्टराईले बताए । भट्टराईले विद्यालयलाई कम्प्युटर सहयोग गरेको भन्दै सूर्य नेपाललाई धन्यवाद दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी