
दमौलीः देशमा कोभिड संक्रमितको संख्या वृद्धि हुन थालेसँगै तनहुँ प्रशासनले मास्कको प्रयोग अनिवार्य बनाउने भएको छ । सार्वजनिक तथा भिडभाड हुने सरकारी कार्यालयहरु त्था सभा समारोहमा मास्क प्रयोग र स्यानिटाइजरलाई अनिवार्य बनाउने निर्णय प्रशासनले गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी सूचनामा यातायातका साधनमा समेत मास्कको प्रयोग गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।