
दमौलीः व्यास नगरपालिकाको स्थानीय निर्वाचनमा व्यासमा सबै नेताको साथ सहयोगले जितेको काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीनिकट नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले जिकिर गरेका छन् ।
हालै बीपी स्मृति दिवसमा भएको कार्यक्रममा स्थानीय तह निर्वाचनबारे नेतृत्वबीच कटाक्ष भएको थियो । अधिकांश कांग्रेस केन्द्रीय सदस्यहरुको आफूलाई साथ नभएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताएपछि अधिकारीले सामाजिक सञ्जालमा नेताहरुको बचाउ गर्दै आफूहरुले सघाएको जिकिर गरेका हुन् ।
सामाजिक संञ्जाल फेसबुकमा लेख्दै अधिकारीले भनेका छन्,
‘यस पटकको स्थानीय तह निर्वाचनमा पार्टीका इमान्दार नेता तथा कार्यकर्ताले पार्टीको पक्षमा इमान्दारिता नदेखाएको भए र रिस्तीमा दोस्रो पटक मतदान हुँदै गर्दा अघिल्लो दिन कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी सहितको टोली रिस्ती पुगेर पार्टीको पक्षमा माहोल परिवर्तन नगरि दिएको भए व्यास नगरपालिकाको प्रमुखमा कांग्रेसको जित हुन्थ्यो र कदापि हुन्थेन । व्यास नगरपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताउन क—कस्ले कति भूमिका निर्वाह गरे कि भगवानलाई थाहा छ कि भगवानरुपी पार्टीका नेता तथा कार्यकर्तालाई । सबैको साथ र सहयोगले निर्वाचन जितेको अवस्थामा मैले मात्र जितेको हुँ भन्ने जुन घमण्ड प्रस्तुत गरिदैछ , त्यो घमण्डले आफैलाई क्षति बाहेक अरु केही हुनेवाला छैन । निकट भविष्यमा संघीय र प्रदेश सभा निर्वाचन हुँदैछ । जिम्मेवार तहमा बसेका साथीहरु जिम्मेवार ढंगले प्रस्तुत हुनु जरुरी देखिन्छ ।अन्यथा पार्टीले विगतमा जुन नियती भोगको थियो अहिलपनि नभोग्ला भन्न सकिँदैन ।