
दमौलीः पछिल्लो समयमा तनहुँमा नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । तिन महिला र छ पुरुषमा कोरोना संक्रमित देखिएको हो ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यासमा पुरुष तीन,महिला एक,शुक्लामा पुरुष तीन र बन्दीपुरमा महिला दुई संक्रमित रहेका छन् ।
तनहुँमा हालसम्म महिला ६४ र पुरुष ९७ गरी १ सय एकसठ्ठी जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।