व्यासको प्रवक्तामा जीवन, हरेक महिना नगरवासीसँग सम्वाद गर्ने कार्यपालिकाको निर्णय

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले प्रवक्तामा व्यास ६ का वडाध्यक्ष जीवन गुरुङ(कुमार)लाई मनोनित गरेको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपाने अध्यक्षतामा सम्पन्न बैठकले गुरुङलाई प्रवक्तामा चयन गरेको हो ।


बैठकले पूर्वप्रमुखसहित केहीलाई सल्लाहकार चयन गरेको छ । प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्व नगर प्रमुख ध्रुव वाग्ले, इञ्जिनियर सुर्यनारायण श्रेष्ठ, पर्यटनविद् हरिसिं गुरुङ तथा कृषि विज्ञ थम बहादुर दरै नगरको सल्लाहकार चयन भएका छन् ।
बैठकले यस अघिका सल्लाहकार अधिवक्ता यज्ञबहादुर रानालाई कानुनी सल्लाहकारमा निरन्तरता दिने निर्णय पनि गरेको छ ।


व्यास नगर स्वयम सेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ पारित गर्ने निर्णय गर्दै बैठकबाट ४० जना स्वंयमसेवक शिक्षक समावेशी आधारमा छनोट गर्ने निर्णय पनि भएको नगरपालिकाले जनाएको छ ।

थापाको अध्यक्षतामा खेलकुद समिति
व्यास नगरपालिका खेलकुद समिति वडा नं ९ का अध्यक्ष सुरेश थापाको अध्यक्षता रहने र जीवन गुरुङ, वडाध्यक्ष ६, विश्व अधिकारी वडा नं ३ सदस्य रहने गरी मनोनयन गर्ने र बाकिँ सदस्यहरु आगामि बैटकमा थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मतदान केन्द्र परिवर्तन सम्बन्धमा सर्वदलिय वैठकबाट भएका निर्णय अनुसार मतदान केन्द्र थप विवरणको आवश्यक तयारी गर्न सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय गरियो ।


हरेक महिना २ गते नगरवासीसँग सम्वाद
नगरपालिकाले हरेक महिनाको २ गते नगरवासीसँग सम्वाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख तथा उपप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत समेतको उपस्थितिमा कार्यक्रम गरिने तथा हरेक महिनाको एक दिन सम्बन्धित वडा समितिले निर्णय गरेको मिति, समय र स्थानमा वडा बासींसँग वडाअध्यक्ष समेत प्रतिनिधिसंग सम्बाद कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विपद् व्यवस्थापन अन्तरगत सतर्क रहन नगरबासीलाई अनुरोध गर्ने र पुर्नस्थापनाका लागि तत्काल संम्बोधन गर्न आवश्यक जाली, ह्मुम पाइप खरिद गर्ने, घर, गोठ, जग्गा जमिन संरक्षणको व्यवस्थापन गर्ने निर्णय गरिन्छ । साथै दमौली बजारमा २०७८ फागुन २० गते भएको आगलागी पीडितहरु र अन्य विभिन्न घटनामा प्रभावितहरुलाई राहत सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी