वडा अध्यक्ष श्रेष्ठद्वारा माेटरसाइकल फिर्ता

  • ख-
  • ख+

दमौली: तनहुँको व्यास नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल श्रेष्ठले नगरपालिका बाट लिएको मोटरसाइकल फिर्ता गरेका छन् । वडा कार्यालयको कामकाजका लागि भनी नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् ।


वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए ।

माेटरसाइकल बुझाउँदै श्रेष्ठले ” मोटरसाइकल लिएमा सेवा सुविधाबाट रकम कट्ने देखियो । आफ्नो माेटरसाइमल छँदैछ भनेर सरकारी माेटरसाइकल फिर्ता गरिदिएँ ।’


प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यसरी सेवा सुबिधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने बताए । यस अघि उक्त मोटरसाइकल निर्वातमान वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी