आदिकविमा छ महिनाका लागि हड्खलेकै निरन्तरता

  • ख-
  • ख+

दमौली ः व्यास १ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसको प्रमुखमा ६ महिनाका लागि प्रमुख महाप्रसाद हड्खलेलाई निरन्तरता दिने सञ्चालक समितिले निर्णय गरेको छ ।


उनको कार्यकाल सकिने अन्तिम दिन शनिबार अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकबाट ‘अर्को व्यवस्था नभएसम्म बढिमा ६ महिनाका लागि’ भन्दै हड्खलेलाई नै पुनर्नियुक्ति गरेको हो ।


बैठकमा भएको ठुलो रस्साकस्सीपछि हड्खलेलाइ नियुक्ति गर्ने निर्णय भएको समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी