
दमौली ः स्कूल बस र मोटरसाइकल ठक्कर खाँदा व्यास ११ फराकचौरमा एक युवकको ज्यान गएको छ । घटनामा मोटरसाइकल चालक घाइते छन् ।
घाँसिकुवा– फराकचौर भित्री सडक खण्डमा घाँसिकुवाबाट फराकचौर जादै गरेको मायाँ युनिभर्सल एकेडेमीको ग १ क ३६८३ नम्बरको बस र फराकचौरबाट घाँसीकुवा आउँदै गरेको ग १५ प ६५०४ नम्बरको मोटरसाइकल ठक्कर खाएका थिए ।
घटनामा परि घाइते टाउकोमा चोट लागेका स्थानीय २३ वर्षका विक्रम सुनारको ज्यान गएको छ ।
मोटरसाइकल चालक स्थानीय २२ वर्षका सुजन सुनारको भने उपचार भैरहेको र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।