पार्टीभित्रकालाई व्यवस्थापन गर्छु, देशमा स्थायित्व र सुशासनको जग बसालेर मात्रै मर्न चाहन्छु : पौडेल

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो मुलुकलाई स्थायित्व र सुशासनको जग बसालेर मात्रै आँफु मर्न चाहेको बताएका छन् । मुलुक अस्थिर हुँदा देशमा सुशासन हुन नसकेको भन्दै पौडेलले मुलुकलाई स्थायित्व दिन आँफु लागिपरेको बताए ।

बुधबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले अहिलेको गठवन्धन पनि स्थिरताको लागि भएको प्रस्ट्याए । केपी वलीले संविधान माथि प्रहार गरि अस्थिरता ल्याएकाले स्थिरताको लागि गठवन्धन गर्नुपरेको उनको भनाइ थियो । गठवन्धन चुनाव पछि सम्म पनि रहने भन्दै पौडेलले यो देशको आवस्यकता रहेको बताए । एक अर्को प्रसङ्गमा पौडेलले काङ्ग्रेसका कार्यकर्ता इमानदार भएकोले , समाजमा इमानदारीपूर्वक काम गरेकोले लुत्रे लाङ्रे भएको तर कम्युनिस्टहरू खन्चुवा भएकाले हृष्टपुष्ट भएको जिकिर उनले गरे ।

केही समय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले तपाईंले शरीर स्वस्थ राख्नुस देशलाई तपाईंको आवस्यकता छ, भनेको भन्दै आँफुलाई पार्टीले जुन क्षेत्रमा टिकट दिएपनि स्विकार्ने र जित्ने पनि दावि गरे । पहिलाको चुनावमा मेरै जनता हुन् जितिहाल्छु नि भन्ने विश्वास गरि काङ्ग्रेस जिताउन देश दौडाहमा हिडेको तर यता अनेक तानाबाना बुनि हराएर झुक्याउने काम भएको पौडेलले बताए ।

अब आँफु नझुक्किने भन्दै पौडेलले पार्टी भित्रका नेताहरूलाई उचित व्यवस्थापन गरिने र व्यवस्थापन हुन नसकेकाले धैर्य गर्नुपर्ने बताए । प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्ले , पत्रकार मदन वाग्ले लगायतले कार्यक्रमका बारेमा सहजिकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्