
दमौलीः लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ६ भोर्लेटारका नौ वर्षका बालक मादी नदीमा मृत फेला परेका छन् ।
शनिबार मादी नदीमा साथीहरू सँग पौडी खेल्न गएका भोर्लेटार घर हुने रोनिस विक आइतबार व्यास नगरपालिका १० स्थित बैरेनी नजिकैको मादी नदीमा मृत फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।
मृतक विकको शव पोस्टमार्टमको लागि दमौली अस्पतालमा ल्याइएको छ ।