कम्पोष्ट मल बनाउन व्यास २द्वारा पौने ५ सय डस्टबिन वितरण

  • ख-
  • ख+

दमौलीः व्यास २ ले चार सय ७५ कम्पोष्ट मल बनाउने डस्टबिन वितरण गरेको छ । वडा भित्रका १७ वटै टोलमा कम्तिमा २० वटाको दरले डस्टबिन वितरण गरिएको वडा अध्यक्ष काशीराम श्रेष्ठले बताए ।


‘घरमा कौसी खेती गरेका व्यक्तिलाई पहिलो प्राथामिकतामा राखेर डस्टबिन वितरण गर्न शुरुवात गरेका हौं,’ अध्यक्ष श्रेष्ठले भने । पहिलो चरणमा २० देखि ३० सम्म एउटा टोल विकास संस्थालाई वितरण गरिएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । वडाले बजेट बिनियोजन गरी टेण्डर मार्फत १० लाख बजेटबाट ४ सय ७५ वटा डस्बीन खरिद गरेर वितरण गर्न लागेको हो ।


डस्टबिन वितरण पश्चात् आउँदा दिन देखि कुहिने फोहोर घरमै व्यवस्था गरी वडालाई सफासुग्घर बनाउन सहयोग पुग्ने विश्वास गरिएको वडा सदस्य शुरेश वाग्लेले बताए । करिब तीस लिटर क्षमताको उक्त डस्बीनमा कुहिने वस्तु राखेर कम्पोष्ट मल बनाई कौसी तरकारी खेतीमा प्रयोग गर्न वडाबासीलाई आग्रह गरिएको वडाकी सचिव पम्फा बस्नेतले बताइन् ।


कुहिने फोहोर घर बाहिर निकालेर फोहोर गरेमा कारवाही पनि गर्न सकिने वडा कार्यालयले जनाएको छ । त्यसको लागि नियम बनाएर अघि बढ्ने योजना बनाइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी